चोरीको २ मोटरसाइकलसहित ३ जना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यलय पर्साले मोटरसाइकल चोरी गर्ने ३ जनालाइ पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१० रानीघाटका १८ वर्षका कुन्दन साह, ठोरी गाउँपालिका–१ का २५ वर्षीय निरज सुनुवार र रौतहट राजदेवी नगरपालिका–७ का १८ वर्षीय रक्की भन्ने राहुल सिंहलाई प्रहरीले पक्रउ गरेको हो।

एफजेड बाइक चोरी गरी भाग्दै गरेको अवस्थामा साह र सिंहलाई गएराती पक्राउ गरिएको हो। सुनुवार भने आफ्नै घरमा त्रिपालले लुकाइराखेको स्प्लेण्डर मोटरसाइकल सहित पक्राउ परेका हुन्।

उनीहरूको साथबाट ना. ६४ प ९६०० एफजेड र बा.प्र ०३ प ५३०४ सुपर स्प्लेण्डर नम्बरका २ वटा मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ।

Back to top button