टी–२० श्रृंखला,टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जिम्बाबे ‘ए’ विरुद्धको टी–२० श्रृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन लागेको खेलमा नेपालको सिनियर टिममा बसेर अहमदले डेब्यू गर्नुभएको छ।

अमेरिकामा आगामी जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरूप जिम्बाबे ‘ए’सँग तीन टी–२० र तीन एकदिवसीय श्रृंखला आयोजना गरेको हो।

हिजो नेपालले जिम्बाबे ‘ए’विरुद्धको तीन एकदिवसीय श्रृंखला अन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो। तर, लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो।

नेपाल क्रिकेट संघ(क्यान)ले हिजै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला ट्वान्टी २० श्रृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो।

क्यानले हिजो मात्र टी– २० श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गर्नुभएको थियो।

नेपाली टिमहरुमा

सन्दीप लामिछाने, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, बसिर अहमद

Back to top button