हामी सदैव मजदुरको पक्षमा उभिनेछौं : शिल्पा निराला कार्की

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार शिल्पा निराला कार्कीले आफुहरु सदैव मजदुरको पक्षमा रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

१३३ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको सभामा बोल्दै उपमेयरकी उम्मेदवार कार्कीले देशको विकासको लागि, उत्पादनसँग जोडिएर यदि कसैको महत्वपूर्ण योगदान छ भने त्यो मजदुरकै रहेको भन्दै उहाँले तर तिनै मजदुर सदियौंदेखि आफ्नो हकअधिकारकै लागि लडिरहनुपर्ने अवस्था रहनु दुःखद रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विराटनगर महानगर औद्योगिक क्षेत्र हो । यहाँको मजदुर आन्दोलनले नै अहिले हामी यहाँ छौं । तर हिजो स्थानीय सरकारले ति मजदुरहरुको आवाज कत्तिको सुन्यो त्यो तपाईहरुलाई नै थाहा होला ।’

उहाँले आफुहरु नेतृत्वमा आए सम्पूर्ण मजदुरका आवाजलाई सम्बोधन गर्ने बताउनुभएको छ । उहाँले आफु पनि उद्योग व्यवसायमा जोडिएको मान्छे रहेको बताउँदै उहाँले आफुले मजदुरका समस्याहरुलाई राम्ररी बुझेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई विश्वास गर्नुहोस्, हामी सदैव मजदुरका पक्षमा उभिने प्रण गर्दछौँ । मजदुर दिवसको सवैमा शुभकामना ।’

Back to top button