देश नै एमालेमय भएको छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिंगो देश नै एमालेमय भएको दाबी गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले देश एमालेमय बन्न सफल भएको छ, देश नै एमालेमय भएको छ।’

उहाँले अहिले एमालेको पक्षमा कति टिकट र फेसबुक स्टाटस लेखिन्छ भनेर हिसाब गर्न नै गाह्रो भएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एकदिनमा टिकटक कति बन्छन् हिसाब गर्न गाह्रो छ, फेसबुकमा कति स्टाटस लेखिन्छन्, त्यो फेसबुकले मात्र जान्दछ । हरेक ठाउँमा २, ३ वा ५ वटा गित लोकार्पण भइरहेका छन्।’

Back to top button