काठमाडौं महानगरमा एमालेका २ उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का २ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्।

काठमाडौं महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ।

उहाँहरु २ जना एमालेको तर्फको उम्मेदवार रहेको एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिनुभयो।

Back to top button