इटहरीमा विकासको अर्को युग सुरु हुँदैछ : सुब्बा

इटहरी । इटहरी उपमहानगरपालिकामा विकासको अर्को युग सुरु हुन लागेको एमालेबाट मेयरका उम्मेदवार यामकुमार सुब्बाले वताउनुभएको छ ।

उहाँले अघिल्लो पाँच वर्ष आफ्नै पार्टीबाट जितेर जाने मेयर उपमेयरले गरेको कामको जगमा अर्को नयाँ युग आरम्भ गर्ने वताउनुभएको हो ।

इटहरीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले पुर्वाधारका धेरै कामहरु अघिल्लो पाँचवर्षमा भएको बताउँदै अबको पाँचवर्ष पुर्वाधारको स्तरोन्नती तथा इटहरीका दीर्घकालिन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताउनुभयो ।

उहाँले विज्ञहरुको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने वताउनुभयो । ‘नेकपा एमाले गाउँ–गाउँमा जनतालाई संगठित गर्ने र चेतनाको बिगुल फुक्ने काम गरेर आएको पार्टी हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले एमालेले गर्ने काम दीर्घकालिन विकासका लागि हुन्छ ।’

उहाँले अघिल्लो कार्यकालका मेयर, उपमेयर लगायत वडाध्यक्षहरुलाई धन्यवाद दिँदै अर्को नयाँ विकासको रफ्तारका लागि एकजुट हुन र सहयोग गर्न आग्रह गर्नुभयो । ‘इटहरीमा बसोबास र शहरीकरणको जुनगती छ, त्यहिगतिमा विकासलाई लैजाने अठोट गर्नुभयो ।

Back to top button