प्युठानमा चुनावको प्रचार गरी फर्कने क्रममा एक जनाको मृत्यु

प्युठान । प्युठानमा चुनावको प्रचार गरी घर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ।

जिल्लाको नौबहिनी गाउँपालिका–२ मा चुनावको प्रचार गरी घर फर्कने क्रममा सोही ठाउँका ५६ वर्षीय धनबहादुर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेले जनाएको छ।

सत्तारूढ गठबन्धनमा संलग्न दल माओवादी केन्द्र निकट उहाँ हिजो साँझ चुनावको प्रचार गर्न हिँड्नुभएको थियो।

Back to top button