काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्ध आज दोस्रो खेल खेल्दैछ।
नेपाल र जिम्बावे ‘ए’ बीचको खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ।
टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा हिजो ६ विकेटले पराजित भएको नेपाल आज हारको बदला लिने तयारी सहित मैदानमा उत्रिँदा जिम्बावे लगातार जितको खोजीमा हुनेछ।
सिरिज अन्तर्गत नेपालले पाहुना टोली जिम्बावे ‘ए’सँग तेस्रो खेल बुधबार खेल्नेछ। टी–२० सिरिजपछि नेपाल र जिम्बावे ‘ए’ बीच तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।