भारतमा एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण, २६ को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ३१ सय ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसहित भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ। पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ।

दिल्‍लीमा सबैभन्दा बढी १४ सय ८५ संक्रमित भेटिएका छन्। हरियाणामा ४ सय ७९,केरलामा ३ सय १४, उत्तर प्रदेशमा २ सय ६८ र महाराष्ट्रमा १ सय ६९ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन्। योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८६९ पुगेको छ। आज ४ सय ८ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा ४ लाख ७१ हजार ८७ जनाले कोरोना जाँच गराएका छन्।

Back to top button