चुनावका कारण कोरिया भाषाको परीक्षा स्थगित

काठमाडौं । करिब तीन वर्षपछि हुन लागेको कोरिया भाषाको परीक्षा फेरि तोकिएको समयमा नहुने भएको छ। सरकारले ३० वैशाखमा निर्वाचनको मिति तोकेकाले भाषा परीक्षा स्थगित गरिएको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ।

यसअघि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुने र दोस्रो चरण जेठ २४ गतेदेखि असार १६ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको थियो।

निर्वाचन सकिएपछि मात्र परिक्षा लिने तयारी भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो।

सूचना जारी गरेर परीक्षाको मिति सार्वजनिक गरेको थियो। निर्वाचनका कारण रोकिएको विभागको भनाइ छ। यसपटक कुल परीक्षार्थीहरू ४४ हजार ८ सय ५३ रहेका छन्।

 

Back to top button