निर्णय नमानी बागी उठेका १५ जनालाई एमालेले गर्यो पार्टीबाटै निष्कासन

काठमाडौं । नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका १५ जनालाई पार्टीबाटै निष्कासन गरेको छ। पार्टीको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निकालेको हो।

जिल्ला अध्यक्ष तेजेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सिंगो पार्टीपंक्ति चुनावी अभियानमा केन्द्रित भइरहेको यस अवस्थामा केही पालिकामा पार्र्टी निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरूलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको व्यहोरा यसै बिज्ञप्ति मार्फत जानकारी गराइन्छ।’

विपक्षी गठबन्धनको अनेक षडयन्त्र र तालमेलका बावजुद यो स्थानीय तहको निर्वाचनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सुर्यध्वजाबाहक उम्मेदवार विजयी गराउन लाग्नुपर्ने उल्लेख गरिएको छ । पार्टी पंक्ति कुनै पनि भ्रममा नपरी पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्ने अभियानमा आ–आफ्नो पालिकामा एकतावद्ध भई जुट्न अनुरोध गरेको छ।

Back to top button