बिहेलगत्तै अमेरिका जादैँ अभिनेत्री केकी

काठमाडौं । विवाहबन्धनमा बाँधिएको ११ दिनपछि अभिनेत्री केकी अधिकारी अमेरिका प्रस्थान गर्नुभएको छ । यद्यपि उहाँ श्रीमानसँग नभई एउटा कार्यक्रमका लागि अमेरिका जानुभएको हो ।

‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शोको निर्णायकको रुपमा केकी टीभी पर्सनालिटी तथा साथी रीमा विश्वकर्मासँग अमेरिका जानुभएको हो । रीमा भने उक्त शोको होस्ट हो ।

सिन्दूर–टीका र मंगलसूत्रमा सजिनुभएकी केकीलाई एयरपोर्ट पुर्‍याउन उहाँका श्रीमान रोहित तिवारी विमानस्थल नै पुग्नुभएको थियो। झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनुहुनेछ ।

केकीको विवाहमा सहभागी हुनका लागि रीमा गत साता मात्रै अमेरिकाबाट नेपाल आउनुभएको थियो।

Back to top button