नेपाल र जिम्बावे ‘ए’बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’बीचको दोस्रो टी–२० खेल वर्षाका कारण रद्द भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जिटेर जिम्बावे ‘ए’लाई ब्याटिङको निम्तो दिएको थियो। वर्षा हुनुअघि जिम्बावेले चार ओभर तीन बलमा दुई विकेटको क्षतिमा ४८ रन बनाउँदा खेल रोकिएको थियो।

एक पटक पानी रोकिएर खेल सुरु हुने अवस्थामा खेल १८ ओभरमा खेलाइने निर्णय भएको थियो। तर, पुनः वर्षा भएपछि खेल सुरु हुन सकेन।

पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १–१ को अवस्थामा ल्याउन चाहन्थ्यो। तर, सफल हुन सकेन।

तेस्रो तथा अन्तिम टी–२० बुधबार हुनेछ। त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ।

नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बावेसँग खेल्न लागेको हो।

यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी–२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी–२० अगाडि सारिएको थियो।

Back to top button