खुकुरी प्रहारबाट वडा सदस्यका उम्मेदवार साउँद घाइते

बैतडी । बैतडीमा खुकुरी प्रहारका कारण गठबन्धनबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते भएका छन्।

गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार ५५ वर्षिय हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहनुभएका साउँदलाई गएराति १० बजे आफ्नै एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते हुनुभएका साउँदको टाउको, हात, मुखमा चोट लागेको छ।

उहाँको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ। घटनाका विषयमा जानकारी आएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो।

Back to top button