भुवन केसी,श्वेता खड्का र रवीन्द्र खड्का आज कांग्रेस प्रवेश

काठमाडौं । नेपाली चलचित्रका अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले केसीलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

अभिनेता केसीसहित नायिका श्वेता खड्का र चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

कांग्रेस प्रवेश गर्नुभएका अभिनेता केसी यसअघि एमालेमा प्रवेश गर्नुभएको थियो। एमालेबाट काठमाडौं १ बाट सिफारिस भएपनि विरोधका कारण टिकट नपाएका कारण उहाँ कांग्रेस प्रवेश गर्नुभएको हो ।

Back to top button