भारतमा थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्।

हिजो थपिएका संक्रमित सहित भारतमा कोरोना संक्रमितको कुल सङ्ख्या ४ करोड ३० लाख ८४ हजार ९ सय १३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान जानकारी दिएको छ।

थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमतिमध्ये ४२ प्रतिशत दिल्लीको रहेका समाचारमा जनाइएको छ। हाल राष्ट्रिय राजधानी दिल्लीमा ५ हजार ७ सय ४४ सक्रिय सङ्क्रमित रहेका छन्।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २३ हजार ८ सय ८९ पुगेको छ। भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार १ सय ३७ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइए तापनि गत २४ घण्टामा केही हप्तापछि पहिलो पटक ३ सय ६३ जना सक्रिय सङ्क्रमित घटेको छ।

हिजो मध्यरातिसम्ममा दुई हजार ९ सय ११ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म ४ करोड २५ लाख ४१ हजार ८ सय ८७ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन्।

 

Back to top button