स्वास्थ्यमन्त्री खतिवडाद्धारा उल्लंघन आचारसंहिता

हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले निर्वाचन आचारसंहिता उल्लंघन गर्नुभएको छ । आज सत्तारुढ गठबन्धनले आयोजना गरेको हेटौंडा उपमहानगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुँदै स्वास्थ्यमन्त्री खतिवडाले आचारसंहिता उल्लंघन गर्नुभएको हो ।

यस्तै, मन्त्री वा सार्वजनिक पदधारण गरेका व्यक्तिलाई कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ। तर,मन्त्री खतिवडाले आचारसंहिताको उल्लंघन गर्दै गठबन्धनको कार्यक्रममा सहभागिता जनाउनुभयो।

निर्वाचन आचारसंहिता विपरीत सरकारी गाडी र सुरक्षाकर्मीसहित गठबन्धनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका स्वास्थ्यमन्त्री खतिवडा आफू मन्त्रीको हैसियतले नभइ नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको हैसियतले सहभागी भएको बताउनुभयो।

उहाँले आफूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई लिखित रुपमा जानकारी गराएर पार्टीको प्रचार–प्रसारमा लागेको भन्दै आफूलाई आचारसंहिता नलाग्ने बताउनुभयो।

‘यहाँ नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी सदस्य विरोध खतिवडा आएको हुँ, निर्वाचन आयोगले स्वीकृती दिएको छ’,उहाँले भन्नुभयो, ‘आयोगका प्रमुखलाई मैले पार्टी नेताका हैसियतले चुनाव अभिायनमा गएँ भनेर दर्ता गराएर म घुम्न निस्किएको हुँ।’

मन्त्रीको हैसियतले कार्यक्रममा नआए पनि मन्त्रीको सेवासुविधा प्रयोग गर्न पाउनुहुन्छ त? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘मैले मात्रै होइन अरु मन्त्री ,प्रधानमन्त्री सबैले मिल्छ।

Back to top button