बुढीगंगामा एमाले, कांग्रेस र माओवादीका उम्मेदवार चुनावी अभियानमा सक्रिय

विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् । ७ वटा वडा रहेको बूढीगंगा गाउँपालिकामा अहिले एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु आफ्ना चुनावी नाराका साथ अघि बढेका छन् ।

बूढीगंगा गाउँपालिका वडा नम्बर ४ का युवा सागर बराल अहिले मतदाताको बिचमा आफ्ना चुनावी एजेण्डासहित गएको बताउनुहुन्छ । आफुलाई सबैको साथ रहेको उहाँले बताउनुभयो ।

आफ्नो जस्तो चुनावी एजेण्डाहरु अरुको नरहेकोले सबैले आफूलाई सहयोग गर्ने उहाँको दाबी छ । बूढीगंगाका युवा र जुझारु युवा सागर बरालको पक्षमा युवा, महिला, ज्येष्ठ नागरिकसहित जबै जातजाती तथा समुदायको साथ रहेको उहाँ निकटका नेता कार्यकर्ताहरुले बताएका छन् ।

उहाँसँगै वडा सदस्यको दौडमा रहेका महिला सदस्य मञ्जु बुढाथोकी, चानोदेवी ऋषिदेव, चिरञ्जीवी सरदार र मोहम्मद नुर आलम पनि सोही दौडमा रहनुभएको छ ।

सागरको नेतृत्वमा हिँडेको यो टोलीले सबै टोलहरुमा घरदैलो सकेर अब आन्तरिक भेटघाट र वडा भेलामा केन्द्रित रहेको बूढीगंगा–४ का बिष्णु अधिकारीले जानकारी दिनुभयो ।

वडा अध्यक्षमा युवा नेतृत्व आएपछि बराललाई जिताउन कुनै पार्टीपनि नभनी मतदान गर्ने मतदाताको भनाई छ । उहाँले आफू निर्वाचित भएर आएपछि नागरिकसँग सँधैसँगै रहेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

Back to top button