मुस्लिम समुदायसँगै मनाए थापाले इद

विराटनगर । विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै इद पर्व मनाउनुभएको छ ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इल उल फित्रको अवसरमा आज विराटनगर–९ मा आयोजित इद मिलन कार्यक्रममा मेयरका उम्मेदवार थापाले मुस्लिम धर्मावलम्बीहरुसँगै इद मनाउनुभएको हो ।

उहाँले सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको सम्मानमा आफूले काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

Back to top button