धनुषामा वडाध्यक्ष पद उम्मेदवारका परिवारमाथि सांघातिक हमला

जनकपुरधाम । धनुषामा स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथिल सांघातिक हमला भएको छ।

नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा उमेदवारी दिनुभएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि गएराति धारिलो हतियार प्रहार गरिएको हो।

गम्भीर घाइते हुनुभएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। वडाध्यक्षका उमेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिरै बरन्डामा सुत्नुभएका उहाँका बुवालाई आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको उहाँका नाति सुरेन्द्र यादवले बताउनुभयो।

Back to top button