भरतपुरको चुनावी सभामा कोइराला नजाने

काठमाडौं । चितवनको भरतपुरमा आज हुने सत्तारूढ गठबन्धन दलको चुनावी सभामा शेखर कोइराला सहभागी नहुने हुनुभएको छ ।

विराटनगरमा पूर्वनिर्धारित चुनावी कार्यक्रम भएकोले उहाँ चितवन जान नपाउने उहाँका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभएको हो ।

सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

गठबन्धन दलका अधिकांश शीर्ष नेताहरु हिजो नै चितवन पुगिसकेका छन्। सभा भरतपुरको हाकिमचोकमा हुनेछ।

Back to top button