एनएमबि बैंक र यो यो जिपलाइनबीचमा छुट सम्बन्धी सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले यो यो जिपलाइन प्रा.लि.सँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काइ साइक्लिङ, जिपलाइन, स्विङ, केनोपि र रेष्टुरेन्ट एण्ड कफिशपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ।

बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्डमार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र यो योको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको हो । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको जनाइएको छ।

यस्तै, एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

Back to top button