एमालेसँग के चाहन्छन् बूढीगंगा मतदाता ?

विराटनगर । नेकपा एमालेले बूढीगंगा गाउँपालिकामा घरदैलो अभियानलाई तिब्र बनाएको छ । बूढीगंगा गाउँपालिकामा घरदैलो अभियानलाई तिब्र पारेको हो ।

नागरिकको अभिमतलाई सदुपयोग गर्दै आगामी दिनमा नागरिकको अपेक्षा अनुसारको काम गर्ने एमालेको दाबी छ ।

नेकपा एमालेको तर्फबाट बुढीगंगा गाउँपालिकाका अध्यक्षका उमेदवार बलभद्र सरदार र उपाध्यक्षकी उमेदवार तुलसीकुमारी कुवँर विष्ट सहितको टोली घरदैलोमा जाँदा जनताको यसअघिका जनप्रतिनिधिले अपेक्षा अनुसार काम नगरेको मतदाताले गुनासो गरेका छन् ।

‘अधिकांश मतदाता यस अघिको जनप्रतिनिधि खुसी देखिएनन्, घरदैलोमा पुगेका सरदारले भन्नुभयो, नागरिकको आशा एमाले प्रति देखिएको छ ।’

घरदैलोमा सहभागी हुनका लागि नेकपा एमालेका नेता कार्यकर्ताहरु निरन्तर घर–घरमा पुग्दै आएका छन् । एमालेका मोरङ ईन्चार्ज विनोद ढकालसहितको टोली पनि उमेदवारलाई हौसला प्रदान गर्न गाउँ गाउँमा पुग्नुभएको छ ।

नेकपा एमाले बुढिगंगा गाउँपालिका ईन्चार्ज रिता न्यौपानेले नागरिकमा चुनावी उत्साह देखिएको बताउनुभयो । यसअघिको जनप्रतिनिधिप्रतिको नागरिकको बितृष्णाको कारण पनि मतदाताको उत्साह एमालेमा देखिएको उहाँले बताउनुभयो ।

Back to top button