बालिका बलात्कार आरोपमा एक युवा पक्राउ

उदयपुर । फरक क्षमता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा १६ वर्षीया बोल्न नसक्ने बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङ घर भई त्रियुगा नगरपालिका–३ मोतिगडा बस्दै आएका २८ वर्षीय राजन राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज नियन्त्रणमा लिएको हो।

फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि प्रहरीले राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

राउतलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो।

Back to top button