‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ को दोस्रो अडिसन भोलि

काठमाडौं । ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन्। राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा आयोजित छनोट चरणको पहिलो अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन्।

छनोट चरणको अर्को अडिसन ७ मे अर्थात् भोलि ठमेलको क्लब फरेन्हाइटमा आयोजना हुँदैछ। यो प्रतिस्पर्धामा १८ वर्षदेखि २९ वर्षसम्मका युवती र १९ देखि ३४ वर्षसम्मका युवाले भाग लिन सक्नेछन्। प्रतियोगीताका लागि ई–सेवा मार्फत् समेत आवेदन दिन सकिनेछ।

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिष्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्यान्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना थाल्नुभएको हो । उपाध्याय मिष्टर नेपाल विजेता बनेपछि पुरुषहरूको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस्टर सुप्रन्यासनल’ मा सहभागी हुनुभएको थियो।

‘मिस सुप्रान्यासनल’ पनि महिलाहरूको विश्वप्रसिद्ध प्रतियोगितामध्ये शीर्ष ३ भित्र पर्ने गरेको छ। ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्यान्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताभन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुने प्रतियोगिता युवायुवतीको प्रतिभा निखार्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने आयोजना आयोजक थालिएको सन्तोष उपाध्यायले बताउनुभयो।

प्रतियोगिताको अडिसनबाट छानिएका प्रतियोगी पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्वविकास सम्बन्धी विभिन्न प्रशिक्षणसहित फाइनल प्रतिस्पर्धामा उत्रिनेछन्।

यस्तै, ४ एपिसोडको रूपमा इमेज टेलिभिजनबाट समेत प्रसारण हुने प्रतियोगिताको अन्तिम स्पर्धा मे २९ अर्थात् जेष्ठ १५ गते गोदावरी कन्भेन्सन सेन्टरमा भव्य समारोहकबीच आयोजना हुनेछ। प्रतियोगिताका लागि ‘मिष्टर सुप्रान्यासनल २०२१’ विजेता भारो भार्गोस तथा क्रियटिभ डिरेक्टर आन्द्रे स्लेइ पनि नेपाल आउनुहुनेछ ।

सनुर्भी फाइनरी प्रायोजक रहेको ‘मिस्टर एन्ड मिस सुप्रन्यासन’ ७ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा प्रशान्त ताम्रकार, मिष्टर नेपाल डा. सन्तोष उपाध्याय, ‘मिस्टर नेपाल २०१७’ का विजेता तथा मिस वर्ल्डका टप १२ पुग्न सफल अक्षय जङ रायमाझी, गायिका सोना अमात्य पहिलो अडिसनको निर्णायकमा रहनुभएको थियो।

Back to top button