धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा । धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गएराति पौने १२ बजे साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार– डाँडाबजार सडक खण्डमा को२८प ७४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटना हुँदा साँघुरीगढी–३ कुशेटारबाट घर फर्कंदै गरेका सोही वडाका मदेन टोल बस्ने ३८ वर्षीय इन्द्रबहादुर याखालेको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल झरी दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भइरहेको छ।

घटनास्थलबाट शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीबी दाहालले जानकारी दिनुभयो।

Back to top button