युक्रेनको मारियुपोलबाट पाँच सय सर्वसाधारण विस्थापित

संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान सुरु भएदेखि मारिउपोल सहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै पाचँ सय नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले आज उल्लेख गर्नुभएको छ ।

‘हामीले झण्डै पाँच सय नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न सफल भएका छौँ’, एन्ड्री येर्माकले टेलिग्राममा उल्लेख गर्नुभएको छ ।

उहाँले किभले विनाशकारी सहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनको लागि सबै उपाय अवलम्बन गर्नेछ र फसेका नागरिकलाई बाहिर ल्याउने बताउनुभयो।

Back to top button