एमाले अध्यक्ष ओली भोलि विराटचोक आउने

विराटचोक । सुन्दरहरैंचाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि विराटचोक आउने हुनुभएको छ ।

नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटी सचिव सन्तोष घिमिरेका अनुसार इन्द्रपुर जेसीजको भवनमा उपस्थित कार्यकर्तालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

घिमिरेका अनुसार बेलुका ५ बजे ओली जेसीज भवनमा आउनुहुने छ ।

Back to top button