बाजुरामा नेकपा एस र कांग्रेस कार्यकर्ताबीच कुटाकुट,प्रहरीद्वारा हवाइ फायर

बाजुरा । बाजुरामा चुनाव प्रचार–प्रसारको क्रममा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–९ मा झडप भएको हो ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ । कांग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुग्नुभएको थियो।

एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ ।

Back to top button