भारतबाट नेपाल घर फर्कने क्रममा एक युवा बाटोमै बेपत्ता

काठमाडौं । अध्ययनका लागि भारत गएका रुकुम पश्चिमका एक युवा एक हप्तादेखि बेपत्ता भएका छन्। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ का २६ वर्षीय गोपाल खड्का एक हप्तादेखि भारतमा बेपत्ता हुनुभएको हो ।

भारतको देहरादूनमा रहेको अल्पाइन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बीएस्सी अध्ययन गरिरहनुभएका खड्का गएको शुक्रवार देखि सम्पर्क विहीन हुनुभएको उहाँ बुबा चिताराम खड्काले बताउनुभयो।

परीक्षा सकेर नेपाल फर्किँदै गर्दा गोपाल सम्पर्क विहीन हुनुभएको उहाँका बुबाले जानकारी दिनुभयो। गोपालको खोजीका लागि नेपाल सरकार मार्फत भारतीय राजदूतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ। तर अहिलेसम्म पत्ता लागेको छैन।

कहीँकतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरी समक्ष जानकारी गरिदिन गोपालको परिवारले आग्रह गरेको छ। ७६१७६७७०६८, ९१९३७०६६२५, ९८३४०७३९७८ यी नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

Back to top button