एमाले अध्यक्ष ओलीले आज सुनसरी मोरङका चार चुनावीसभालाई सम्वोधन गर्दै

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरी र मोरङका विभिन्न चारवटा चुनावी सभा र भेलालाई सम्वोधन गर्ने हुनुभएको छ ।

विहान १० बजेको उडानबाट विरानटगर आउने अध्यक्ष ओलीले सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

सुनसरीबाट विराटनगरमा आउनुहुने ओलीले यहाँस्थित जैनभवनमा आयोजना हुने चुनावी भेलालाई सम्वोधन गर्नुहुने नेकपा एमालेका केन्द्रिय सदस्य तथा महानगर चुनाव परिचालन समितिका संयोजक विनोद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष ओली विराटनगरको भेलाई सम्वोधन गरि मोरङकै सुन्दरहरैचामा हुने कार्यक्रमलाई सम्वोधन गर्न जानुहुनेछ । सुन्दरहरैचाबाट पुनः विराटनगर फर्किनुहुने अध्यक्ष ओली बेलुका पुनः काठमाडौं फर्किनुहुने कार्यक्रम रहेको छ ।

यसैबिच विराटनगरको जैन भवनमा दिउँसो २ बजे हुने चुनावी भेलामा महानगरका सबै वडाबाट ५ हजार भन्दा बढी नेता कार्यकर्ताहरुको उपस्थिती रहने छ ।

Back to top button