नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको प्रतिक चिह्न (लोगो) र मस्कट सार्वजनिक गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गर्नुभएको हो ।

आउँदो २२ जेठदेखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ। प्रतिक चिह्नमा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुछ्रेलाई रेखाकृतिमा देखाइएको छ।

त्यस तलका आकाशे निलो रेखाले परोक्ष रुपबाट शान्तिको प्रतिक परेवालाई प्रतिबिम्बित गरेको छ। यस्तै मस्कटको रुपमा कस्तुरी मृगलाई प्रस्तुत गरिएको छ। कस्तुरी गण्डकीमा पाइने लोपोन्मुख तथा संरक्षित प्राणी हो।

Back to top button