ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्याउने काम मात्र गर्छन्: मन्त्री झाँक्री

बुटवल । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पटक–पटक संसद विघटन गर्दा पनि चुँ बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताउनुभएको छ ।

पाँचदलीय गठबन्धनको बुटवलको चुनावी सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी नेता झाँक्रीले व्यक्तिको स्वार्थका लागि राजनीतिक स्थायित्व नचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताउनुभयो।

एमाले कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको भजन मण्डलीको संज्ञा दिँदै उहाँले भजनमण्डलीहरुले संसद विघटनको विरोध गर्न नसकेर व्यक्तिको स्थायित्व कायम गर्न ओलीलाई सघाएको आरोप लगाउनुभयो।

मन्त्री झाँक्रीले ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्याउने काम मात्र गर्दै आएको बताउनुभयो

Back to top button