गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुन्छ: देउवा

जनकपुरधाम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुने चेतावनी दिनुभएको छ ।

आज पाँच दलीय गठबन्धनले जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध नबोल्न सचेत गराउनुभएको हो ।

‘गठबन्धनविरुद्ध उम्मेदवारी दिने र बोल्नेका लागि पार्टीमा कुनै स्थान छैन’, उहाँले भन्नुभयो, ‘कारबाही गरेर निकाल्छौं।’

‘गठबन्धनको पक्षमा माहोल छ, चितवनमा विपक्षमा पनि बोल्नेहरु हावा खाइसके’, उहाँले भन्नुभयो, ‘अब झण्डा बोकेर हिँड्छन् , कुनै समस्या छैन।’

यस्तै प्रधानमन्त्री देउवाले अब नागरिकताको समस्या पनि समाधान हुने आश्वासन दिनुभयो।

Back to top button