देशभक्तिलाई होच्याउने कुरा एमालेले मान्दैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्तिलाई होच्याउने कुरा एमालेले नमान्ने बताउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वाभिमानसहितको दरिलो गर्विलो राष्ट्र बनाउन चाहन्छौँ, त्यो एमालेबिना सम्भव छैन। कुनै दल विशेषलाई पराजित गर्नु एमालेको चासो होइन।’

एमालेले नेपालको विकास र सार्वभौम सत्ता र अखण्डताको संरक्षण गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अन्य राजनीतिक दलहरू अनिश्चयबाट ग्रसित र विवश भएको स्वीकार गरिसकेका छन्, एमाले मात्रै राष्ट्रिय एकताको पहरेदारी गर्ने पार्टी हो भन्ने स्पष्ट भइसकेको छ राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउन मिल्दैन।’

उहाँले नेपाली कांग्रेस र माओवादी केन्द्रले जस्तो देशलाई नपिरोल्ने बताउनुभयो। एमालेले ल्याएको विकासको योजनालाई कांग्रेसले गफ ठान्ने बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेले ल्याएको योजनालाई कांग्रेसले गफ ठान्छ। कांग्रेसको लागि सुल्टो भनेका नातेदार, परिवारवाद र सत्ताभोग नै हो। एमाले विकासलाई चुनौती दिएर देशको विकास गर्छ। एमालेको आदर्श यही हो। हामी समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय ध्येयलाई पुरा गर्नतर्फ लाग्छौँ।’

Back to top button