इलाममा १७ वर्षीया किशोरी बनिन बलात्कारको सिकार

इलाम । इलाममा एक १७ वर्षीया किशोरी बलात्कारको सिकार बनेकी छिन ।

उनलाई बलात्कार गरेको आरोपमा बा।५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई हिजो प्रहरीले पक्राउ गरेको छ।

उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कार गरेपछि किशोर फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो।

घटनालाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका–२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगाना रहेका छन्। उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो।

यस्तै, कुटपिट गर्ने किशोरीको बुवालाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Back to top button