गठबन्धन विभाजित भयो भने देश राजनीतिक दुर्घटनामा जान्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनलाई आफूहरूले प्रदेश र संघको निर्वाचनसम्मै लाने दाबी गर्नुभएको छ ।

पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अहिले पनि गठबन्धन विभाजित गराउन षड्यन्त्र चलिरहेको छ। हामीले धरै मेहनत गरेर अहिलेको स्थानीय तहको निर्वाचनमा मात्रै नभएर प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन लाने संकल्प गरेको छौँ। निर्वाचन अग्रगमन र प्रतिमगनबीचको संघर्ष चलेको छ।’

देशलाई निरंकुशता र अराजकताको भुमरीबाट बचाउन गठबन्धनको जन्म भएको बताउनुभयो। केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर सदन विघटनको प्रयास गरेपछि बाध्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गठबन्धन बनेको बताउनुभयो।

प्रचण्डले भन्नुभयो, ‘गठबन्धन नबनेको भए प्रतिनिधि सभाको प्रतिगमनको विरुद्ध संघर्ष नगरेको भए देश दुर्घटनामा जाने खतरामा परेको थियो। गठबन्धनविरुद्ध राजावादी र गणतन्त्र विरोधीहरूको गठबन्धन आएको छ। देशमा राजनीतिक दुर्घटनाको खतरा छ। मैले धम्कायो भनेर हल्ला गरेका छन्। मैले गठबन्धन विभाजित भयो भने देशमा राजनीतिक दुर्घटना हुन्छ भनेको हुँ।’

Back to top button