९ महिनामा साढे ३ अर्बको राउटर नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ९ महिनामा विभिन्न देशबाट नेपालमा करिव साढे ३ अर्बको राउटर भित्रिएको छ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती राउटर नेपाल भित्रिएको हो।

उक्त अवधिमा कूल ३ अर्ब ४५ करोड ८० लाख ७२ हजार रुपैयाँको १० लाख ३२ हजार २ सय ७४ थान राउटर नेपाल भित्रिएको विभागले जनाएको छ।

अष्ट्रेलिया, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, जापान, दक्षिण कोरिया, लाट्भीया, लिथुवानिया, मलेसिया, कतार, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट् (युएई), बेलायत, अमेरिका र भियतनामबाट राउटरहरु नेपाल आउने गरेको छ।

नेपालमा सबैभन्दा ठूलो मात्रामा राउटर चीनबाट आउने गरेको विभागको तथ्याङ्कले देखाउँछ।

पछिल्लो ९ महिनामा चीनबाट मात्र ३ अर्ब ३२ करोड २० लाख ९८ हजार रुपैयाँको १० लाख २ हजार ७ सय ५ थान राउटर नेपाल आएको छ।

गत आर्थिक वर्ष २०७७–७८ मा विभिन्न देशबाट नेपालले २ अर्ब १५ करोड ८२ लाख ३९ हजार रुपैयाँको ८ लाख ५ हजार २८० थान राउटर आयात गरेको थियो।

Back to top button