जेठ ३ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले जेठ ३ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

जेठ ३ गते अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने गरी सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिनुभयो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

सरकारका अनुसार जेठ ३ गते अर्थमन्त्री जनादर्न शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्ने तयारी गरिएको छ ।

Back to top button