इटहरीलाई डिजिटल नगर बनाउने अभियानमा मेयरका उम्मेदवार यामकुमार सुब्बा

इटहरी । नेकपा (एमाले)बाट इटहरी उपमहानगरपालिकाको मेयरको उमेदवार रहनुभएका यामकुमार सुब्बाले यस उपमहानगरलाई ‘ई–टहरी’ अर्थात डिजिटल इटहरी बनाउने घोषणा गर्नुभएको छ ।

आफूले इटहरीमा मेयरको पद सम्हालेपछि इटहरीलाई ‘ई–इटहरी’ बनाउने बताउनुभएका सुब्बाले त्यसका लागि आवश्यक पूर्वाधार र जनशक्तीको व्यवस्थापनका विषयमा ध्यान केन्द्रित गरिसकेको बताउनुभयो ।

उहाँले उपलब्ध मानव संसाधनलाई अभ्यस्त र सीपयुक्त बनाउन आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि तत्पर रहेको बताउनुभयो । उपमहानगरलाई मात्रै नभएर मातहतका सबै वडा कार्यालय र अन्य संस्थालाई ‘डिजिटल बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

मेयरका उमेदवार सुब्बाले भन्नुभएको ‘ई–टहरी’ भनेको ‘डिजिटल इटहरी’ हो । इटहरीलाई प्रविधिमैत्री वनाउने भनिएको हो । जहाँ हरेक काम ‘डिजिटल्ली’ हुने गर्दछ ।’

उपमहानगरपालिकाले दिने हरेक सेवा सकेसम्म इन्टरनेटबाट नै प्रदान गर्ने भन्दै उहाँले घरैमा वसि–वसि नगरपालिकाको काम गर्न सक्ने वातावरण वनाइने मेयर पदका उम्मेदवार सुब्बाले वताउनुभयो ।

Back to top button