एमालेले जिते स्थानीय तह भंग हुन सक्छः देउवा

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताउनुभएको छ ।

धनगढीमा आज आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ,’ देउवाले भन्नुभयो, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्नु हो।’

३० वैशाखमा देशभर स्थानीय तह निर्वाचन हुँदैछ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहमा गठबन्धन भएको छ।

Back to top button