![](https://koshisandesh.com/wp-content/uploads/2022/02/nepal_cricket_team.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2022/02/nepal_cricket_team.jpg)
काठमाडौं । एकदिवसीय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली जिम्बावे ‘ए’ले नेपाललाई २ सय १४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनाएको हो।
मैदानमा पानी जमेका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको खेल ३३ ओभरमा झारिएको थियो।
जिम्बावेका लागि टाडीवानाशे मारुमनीले ५०, कुड्जाई मौन्जेले ३९, रोय काइयाले ३६, टोनी मुन्योङ्गाले २४, लुक जोङ्वेले १९ र सेफाज झुवाओले १६ रन जोड्नुभएको छ ।
यस्तै, बलिङतर्फ नेपालका किशोर महतोले पाँच, सोमपाल कामीले दुई तथा करन केसी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिनुभयो।
सिरजअन्तर्गतको पहिलो खेल जिम्बावेले जितेको थियो भने दोस्रो खेलमा नेपाल विजयी भएको थियो।