नयाँ मतदातालाई इटहरीका मेयरका उमेदवार याम सुब्बाको पत्र

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयरका उम्मेदवार याम सुब्बाले नयाँ मतदातालाई पत्र लेख्नुभएको छ । नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका सुब्बाले नयाँ पुस्ताले चाहेजस्तो नगर बनाउन हातेमालो गर्न आह्वान समेत गर्नुभएको छ ।

उहाँले पत्रमा लेख्नुभएको छ,‘ तपाइँ हामी मिलेर, तपाइँले चाहेको जस्तो इटहरी बनाउने एउटा नयाँ आन्दोलनको शुरुवात गर्नुछ । तपाइँ कस्तो इटहरी चाहनुहुन्छ हामी मिलेर त्यस्तो इटहरी बनाऔँ, जुन युवा इटहरी होस् ।’

सुब्बाले अहिलेका युवाको भोटले इटहरीको वर्तमान र भविष्यलाई निक्र्यौल गर्ने भएकाले विवेक प्रयोग गरेर भोट हाल्न अनुरोध गर्नुभएको छ । उहाँले कसैको करकाप र धाक धम्कीमा नपरि मतदान गर्न सुझाव समेत दिनुभएको छ ।

हेरौं सुब्बाले लेख्नुभएको पत्र

Back to top button