१३औँ सागको स्वर्ण विजेता सञ्जु मृत फेला

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) की स्वर्ण विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव फेला परेको छ ।

एसियाली खेलकुदको तयारीका क्रममा रहनुभएकी चौधरी प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुमा रहेको घरमा आज मृत फेला परेको ललितपुर प्रहरीले जनाएको छ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि भएको १३ औं सागमा ५९ केजी तौल समुहमा स्वर्ण पदक जित्नुभएको थियो। सागमा स्वर्ण पदक जित्ने उहाँ पहिलो महिला नेपाली खेलाडी पनि हो । उहाँ केहि दिन अघि भएको एसियाली छनोटमा भाग लिन राजधानी आउनुभएको थियो।

उहाँ प्रशिक्षक महर्जनको ललितपुर लुभुमा रहेको घरमा रहेर प्रशिक्षण गर्दै आउनुभएको थियो । प्रशिक्षक सञ्जयको घरमा हिजो भोजको आयोजना गरेकोमा सञ्जुमा पनि त्यसैमा सहभागी हुन लुभु पुग्नुभएको थियो। सञ्जयले नै सञ्जुलाई सातौं राष्ट्रिय खेलकुदमा उहाँको प्रतिभा पहिचान गर्दैै भारोत्तोलन खेलमा ल्यायनुभएको थियो ।

सञ्जुले सन् २०१९ मा नेपालमै भएको १३औं सागमा स्वर्ण जित्नुभएको थियो उहाँ दक्षिण एशियाली प्रतियोगितामा भारोत्तोलनतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी समेत हो । हाल उहाँ चीनको ह्वाङ्गझाउमा हुने एशियन गेम्सको तयारीमा ब्यस्त रहनुभएको थियो २०७३ को सातौं राष्ट्रिय खेलपछि सञ्जय महर्जनको प्रशिक्षण पाउनुभएकी उहाँले त्यसपछिका प्रायः राष्ट्रिय प्रतिस्पर्धामा दोस्रो हुनुपरेको छैन्।

२०७४ मा भएको राखेप च्याम्पियनसिपमा उहाँले पहिलो पटक राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिताबाट स्वर्ण जित्नुभयो। त्यसपछि राष्ट्रिय प्रतियोगिताहरुमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको थिएन्।

सञ्जुसँग सातवटा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव थियो। २०१७ मा कोरियामा भएको एसियाकप तथा इन्टर क्लब च्याम्पियनसिपमा ३ रजत र ३ कास्य जित्नुभएको थियो । त्यस्तै जाकर्तामा सम्पन्न १८ औं एसियन गेम्समा पनि उहाँले सहभागिता जनाउनुभएको थियो ।

Back to top button