देश विकास गर्न पाँच दलीय गठबन्धन गरेका हौँ : मन्त्री आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै मन्त्री आलेले देश विकास गर्नकै लागि पाँच दलीय गठबन्धन भएको उल्लेख गर्नुभयो ।

स्थानीय तहको निर्वाचनपछि गठबन्धनको सरकारले अधुरा रहेका विकासका कामलाई पूर्णता दिने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘देश विकास गर्न तथा नागरिकलाई सुख सुविधा दिन पाँच दलीय गठबन्धन गरेका हौ। स्थानीय तह निर्वाचन पछि अधुरा काम सम्पन्न गर्न सहज हुनेछ।’

यस्तै, गठबन्धनका उम्मेदवारलाई जिताउनसमेत उहाँले सबैमा आग्रह गर्नुभयो।

Back to top button