बहुप्रतीक्षित ‘अवतारः द वे अफ वाटर’को टिजर सार्वजनिक

काठमाडौं । विश्व सिनेमा इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्म ‘अवतार’को दोस्रो भाग ‘अवतारः द वे अफ वाटर’को टिजर सार्वजनिक भएको छ।

जेम्स क्यामरोनको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्मको टिजर हिजो युट्युब मार्फत सार्वजनिक गरिएको हो। हलमा भने गत शुक्रबारदेखि नै फिल्मको टिजर देखाइँदै आइएको थियो।

यसअघि २००९ मा प्रदर्शनमा आएको ‘अवतार’ले ‘टाइटनिक’को कीर्तिमान भङ्ग गर्दै विश्व सिनेमा इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो। फिल्मले विश्वभरबाट २ अर्ब ८४ करोड ७० लाख डलर बराबरको बक्स अफिस कलेक्सन गरेको थियो।

उक्त वर्ष ९ विधामा ओस्कारमा मनोनयनमा परेको फिल्मले उत्कृष्ट आर्ट डिरेक्टर, उत्कृष्ट भिजुअल इफेक्ट र उत्कृष्ट सिनेम्याटोग्राफी गरी तीन विधामा अवार्ड जितेको थियो।

केमरोनले अवतारपछि १३ वर्षसम्म यसका सिक्वेलको लागि मात्र काम गरिरहनुभएको थियो। अब दुई–दुई वर्षको अन्तरमा ‘अवतार’को तेस्रो, चौथो र पाँचौँ भाग प्रदर्शनमा आउनेछन्। जसको पर्खाइमा विश्वभरका दर्शक छन्।

‘अवतार’ बाहेक ‘टाइटनिक’, ‘द टर्मिनेटर’, ‘टर्मिनेटर २’, ‘एलियनु केमरोनको लेखन तथा निर्देशनमा बनेका चर्चित फिल्म हुन्। ‘अवतारः द वे अफ वाटर’ आगामी डिसेम्बर १६ देखि प्रदर्शनमा आउँदै छ।

Back to top button