उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई हिजो प्रहरीले पक्राउ गरेको छ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले राईलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो।

यस्तै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Back to top button