![](https://koshisandesh.com/wp-content/uploads/2021/05/coronavirus-blue.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/05/coronavirus-blue.jpg)
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन्।
आज १७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ सय ८५ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घन्टामा २ हजार ३ सय ७६ पीसीआर तथा १ हजार २ सय ५८ एन्टिजेन परीक्षण भएको छ।