पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

एमाले र जसपाको जिल्ला नेतृत्वबीच पालुङटारको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति भएको हो ।

सहमतिपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गर्नुभएको छ ।

उहाँहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गर्नुभएको छ । जस अनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ ।

पालुङटार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो ।

Back to top button