घटयो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँही व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले घटेर एक हजार २ सय ४५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Back to top button